कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी ऋणीहरुको धितो लिलाम गर्ने
५ आश्विन २०८०, शुक्रबार ११:५२

काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तोकिएका ऋणीहरुको सम्पत्ति एनआईसी एशिया लघुवित्तले लिलाम गर्ने जनाएको छ ।
उल्लेखित ऋणीहरुलाई तोकिएको समयावधिभित्र कर्जा चुक्ता गर्न संस्थाले आग्रह गरेको छ । समय नाघेमा धितो लिलाम गरिने साथै ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने संस्थाले जनाएको छ ।
साथै, धितोबाट रकम असुल उपर हुन नसकेमा प्रचलित कानुनबमोजिम अन्य थप कारवाहीसमेत गरिने संस्थाले सूचनामा उल्लेख गरेको छ ।












