एकैपटक ३९ स्थानको घर जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकले एकै ठाँउको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै लिलामी प्रक्रिया मार्फत सो गैर बैंकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो ।
बैंकले कपिलबस्तु, बर्दिया, गुल्मी, कास्की, सिरहा, रौतहट, मोरङ, पर्सा, नवलपरासी, ललितपुर लगायतको घर जग्गा बिक्रीमा ल्याएको छ । बैंकका अनुसार बिक्रीमा ल्याएको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको छ ।
सो गैर बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आवेदन पेश गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।












