राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित चाँदीका सिक्का

७ आश्विन २०८०, आईतवार १५:२४

नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ।

९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन्। १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ तोकिएको छ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन्।

यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन्। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियनु भनिन्छ। दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ।

सर्वसाधारणबाट हुने सिक्काको मागको आधारमा यसको टकमरीलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*