आइएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने

८ आश्विन २०८०, सोमबार १५:४७

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आइएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकलाई बैंकमा उपस्थित नभइकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे ।

आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*