नारायणी डेभलपमेन्ट बैंकको सिईओमा बिष्णु रेग्मी नियुक्त
८ आश्विन २०८०, सोमबार १६:३२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो ।
सीईयो नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा आवद्द थिए ।











