भारतीय रुपैयाँ साथमा नराख्न तथा ओसारपसार नगर्न राष्ट्र बैंकको आग्रह
९ आश्विन २०८०, मंगलवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतिय रुपैयाँ (भारु) का नोटहरु साथमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ ।
केन्द्रीय बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ (१०० वा सो भन्दा कम दरका नोट मात्र) ल्याउन अथवा लैजान सकिने बैंकले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
साथै, केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १ सय रुपैयाँ दरभन्दा ठुला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध रहेको छ ।












