दशैंमा नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी, कहाँ–कहाँबाट पाइन्छ साट्न ?
९ आश्विन २०८०, मंगलवार ११:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी गरेको छ । केन्द्रीय बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी गरेको हो ।
राष्ट्र बैंकले यस वर्ष पनि विगतका वर्षझैं प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार घटस्थापना आसपासका दिनदेखि नै नयाँ नोट वितरण सुरु गरिनेछ । सम्पूर्ण विवरण संकलन भइसकेपछि आवश्यकता अनुसार नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ । राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।











