सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच विशेष छुट सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीचबैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने आज सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिदमा २ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । यसबाट बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंक ले लिएको छ ।











