सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१० आश्विन २०८०, बुधबार १०:१४

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर र बरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।
सो पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेदवारहरुले सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । इच्छुक नेपाली योग्यता पुगेका नागरिकहरुले संस्थाको वेबसाईट मार्फत आवेदन दिन सकिने भएको छ ।













