शेयर धितोको १२ करोड सीमाबारे छलफल नै नगरी सकियो नेपाल राष्ट्र बैंठक

१० आश्विन २०८०, बुधबार १४:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सकिएको छ । आजको बैठकमा शेयर धितो कर्जामा हाल कायम १२ करोडको सीमाबारे छलफल नै नगरी सकिएको छ । केही शेयर लगानीकर्ताहरुहरुले राष्ट्र बैंकको बोर्ड बैठकबाट १२ करोडको सीमा हटाउन लागेको हल्ला चलाएर शेयर बजारमा चलखेलको प्रयास गरेका थिए ।

आज विहान ९ बजेदेखि बसेको सञ्चालक समितिको बैठकमा शेयर बजारबारे छलफल नै भएको बैठकमा सहभागी एक जना सञ्चालकले बीमापोष्टलाई बताए । आजको बैठकको कार्यसूचिमा १२ करोडको विषय राखिएका थिएन ।
आज विहान बसेको बैठकमा अर्थतन्त्रका समस्या, कसरी चलायनमान बनाउने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा बैंकहरुको अवस्था, लघुवित्तलाई थप नियमनको विषयमा छलफल भएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*