बैंकहरुले अब दैनिक २० किलो सुन किन्न पाउने

१२ आश्विन २०८०, शुक्रबार ११:१०

काठमाडौं । बैंकहरुले आयात गर्न पाउने सुनको परिमाण दोब्बर भएको छ । अब बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरेर दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने नियम थियो । तर, राष्ट्र बैंकले कुनै महिनामा आयात गर्न नसकिएको वा नभएको सुन साउनपछिका महिनामा आयात गर्न भने नपाइने व्यवस्था ल्याएको छ ।

यसको अर्थ वितेको कुनै महिना आयात गर्न छुटेको सुन अर्को महिना आयात गर्न पाइने छैन । यस्तै, दैनिक (कोटा अनुसारको २० किलो) तोकिए बमोजिम आयात नभएको सुन सोही आर्थिक वर्षको साउन महिनाभित्र आयात गर्न भने बाधा नपर्ने राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*