गुहेश्वरी मर्चेन्ट बैंकिङको सिईओमा अधिकारी नियुक्त
२२ आश्विन २०८०, सोमबार १२:३१

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको असोज २१ गत आइतबार बसेको बैठकले अधिकारीलाई करार सेवामा असोज २२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।
यसअघि सोही पदमा राजेश कुमार श्रेष्ठ रहेका थिए । उनले राजिनामा दिएपछि रिक्त भएको सिईओ पदमा अधिकारलाई नियुक्त गरिएको हो ।











