राष्ट्र बैंकले र्बैंकहरुमा एक अर्ब रुपैयाँ निक्षेप राख्दै

२२ आश्विन २०८०, सोमबार १२:५५

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ८० करोड, विकास बैंकहरुमा १५ करोड र फाइनान्स कम्पनीहरुमा ५ करोड गरी कुल १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो।

केन्द्रीय बैंकले उक्त निक्षेप २०८० कार्तिक १२ गतेदेखि २०८१ कार्तिक १२ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो।उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले असोज २१ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी,निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*