सरकारले आजदेखि भोलिसम्मको विषय हेरेर मानव अधिकारको चिन्ता राख्छः मुख्यमन्त्री

रिना खत्री
१४ आश्विन २०८०, आईतवार १६:०५

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवर्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शर्माले सरकारले आजदेखि भोलीसम्मको विषय हेरेर सरकारले मानव अधिकारको चिन्ता राख्ने बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षामा लागिपरेको बताएका हुन् ।

मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई माथि उठाउने विषयलाई सरकारले नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले शिक्षा विकराल बन्दैगएको भन्दै दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना कमजोर भएको बताएका हुन् ।

इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले पत्रकारिता र मानवअधिकार एउटै डुङ्गाका यात्री रहेकाले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल र प्रविधिले पत्रकारितालाई चुनौती थपिरहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरेमा त्यसको प्रभाव पर्ने बताएका हुन् ।

तागत भएका सामग्री ल्याउन पत्रकारलाई उनले अनुरोध गरे । भ्रामक समाचारबाट बच्नुपर्ने, जनसरोकारका विषयमा खोज रिपोर्टिङ गरे पत्रकारिताको भविष्य राम्रो रहेको उहाँको भनाइ छ । ज्ञान, सीप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपङ्क्ति मानव अधिकार रक्षक रहेकाले मिलेर सँगसँगै अघि बढ्नुपर्ने उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*