खाता अद्यावधिक गराउन नेपाल एसबिआई बैंकको आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहकहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
प्रचलित नियमावली तथा निर्देशन बमोजिम खाता अद्यावधिक गर्न अनिवार्य भएकाले बैंकले ग्राहकहरुलाई पत्राचार, एसएमएस एवं सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अद्यावधिक नगराइएका खाताहरु स्वतः निष्कृय भएको बैंकले जनाएको छ । उक्त निष्कृय खाताहरुको कारोबार सुचारु गर्न आफ्नो खाता रहेको शाखा वा नजिकैको शाखामा सम्पर्क गरी अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।
साथै, बैंकले यसअघि अद्यावधिक गरेको विवरणहरुमा परिवर्तन भएका सम्पुर्ण व्यक्तिगत तथा संस्थागत खातावाला ग्राहकले आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवम् कागजात बैंकमा पेश गरी आ–आफ्नो खाता ३० दिनभित्र अद्यावधिक गराउन समेत आग्रह गरेको छ । ग्राहक पहिचान अद्यावधिक नभएका खाता स्वतः निष्कृय हुने बैंकले जनाएको छ ।











