सोनापुर मिनरल्सको आईपीओमा पहिलो दिनमा नै २ लाख बढीको आवेदन

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा पहिलो दिनमा नै २ लाख भन्दा बढीको आवेदन परेको छ । आजदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा २ लाख ५ हजार ९५० आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा २४ लाख २६ हजार ९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको आईपीओबाट कम्पनीले ५७ करोड ६३ लाख ९० हजार ४६२ रूपैयाँ संकलन गरेको छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ












