मर्जर प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

१५ आश्विन २०८०, सोमबार १०:२५

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुने संस्थाले जनाएको छ ।

सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड सँग मर्ज हुने, शेयर स्वाप रेशियो १ बराबर ०.८५३५ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गाभिएपश्चात गठन हुने सञ्चालक समितिको कार्यकाल सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*