मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१६ आश्विन २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । मंगलबार लघुवित्तको शेयरमूल्य ७ दशमलव ५४ प्रतिशतले शेयरमूल्य घटेको छ ।
यसका साथै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ७ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तका ६.४२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६.३ प्रतिशत, रिभर फल्स पावरको शेयरमूल्य घटेको छ ।













