करिब ४५ हजार जनाले पाए सिनर्जी पावरको हकप्रद शेयर, साढे ५ लाख कित्ता लिलाम बिक्रीमा आउने
१८ आश्विन २०८०, बिहीबार १०:५९

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर करिव ४५ हजार जना शेयरधनीले पाएका छन् । कम्पनीले असोज १६ गतेका दिन २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर भदौ ३ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको थियो । कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता शेयर बाँडफाँड गरेको हो ।
कम्पनीका अनुसार बाँडफाँडमा नपरेको कम्पनीको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलाम बिक्रीमा आउने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।











