एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले आफ्नो उत्पादन नेपालमै गर्ने

१८ आश्विन २०८०, बिहीबार १५:४०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्घारा एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार सय करोड मध्ये सह–वित्तियकरण अन्तर्गत तीन सय करोड लगानी रहनेछ ।

विश्वको ७ औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेराकिमक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ ।

मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*