माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा आज (असोज १८ ) गते सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महत्वको अध्यक्षतामा सभा होटल पोखरा ग्राण्ड पार्दीमा आज सम्पन्न भएको हो ।
सभाले गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग) गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।











