ज्योति विकास बैंकद्वारा क्युआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

१८ आश्विन २०८०, बिहीबार १८:४९

काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइलीः क्युआर अडियो अलर्ट डिभाइस”सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो ।

यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन्। यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ।

साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको हो ।

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*