लगानीकर्तालाई बैंकको शेयर किन्ने सुवर्ण अवसर, कुनको कति ?(सूचीसहित)

२० आश्विन २०८०, शनिबार ०८:२७

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा दोहोरो अंकले घटेको छ । अघिल्लो साता २००४ मा बन्द भएको शेयर बजार यो साता १९५६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा सामान्य अंकले गिरावट भएको देखिन्छ ।

बिहीबार बैंक इन्डेक्स ० दशमलव ४० प्रतिशत अर्थात ५ रुपैयाँले घटेर एक हजार २२७ को विन्दुमा कायम भएको छ । बैंकको शेयर मूल्य १६० रुपैयाँदेखि माथिदेखि ६ सय रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका बैंकमध्ये ४ वटा बैंकको शेयरमूल्य बढ्दा १३ बैंकको शेयर मूल्यमा गिरावट आएको छ ।

बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य नबिल बैंकको रहेको छ । बिहीबार बैंकको शेयरमूल्य ५८१ रुपैयाँ रहेको थियो । यसका साथै, एनआइसी एशिया बैंकको ५६२ रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकको ५३२ रुपैयाँ रहेको छ । कुमारी बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको शेयरमूल्य सबैभन्दा कम रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*