ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त
२० कार्तिक २०८०, सोमबार ११:४१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।











