तेस्रो लगानी सम्मेलनको तयारीमा सरकार, वैशाख ९ र १० गते आयोजना गरिने
१० मंसिर २०८०, आईतवार १५:५९

काठमाडौं । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । अर्थमन्त्रालयमा आइतबार बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको पहिलो बैठकले आगामी वैशाख ९ र १० गते सम्मेलन आयोजना गर्ने सम्बन्धमा वृहत्त छलफल गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको अगुवाईमा बसेको निर्देशक समितिको पहिलो बैठकमा अर्थ सचिव डा. कृष्णहपरि पुस्कर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उर्जा, पर्यटन मन्त्रालय तथा मातहत निकायका प्रमुख प्रतिनिधिहरु, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत सहभागि भए । बैठकमा लगानी सम्मेलनको रणनीतिक तथा प्राविधिक कार्यसूचीका सम्बन्धमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।














धोरै सराहनिय कार्य छ हामिले भाग कसरि लिने हो जानकारी पाउ