नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिन नै ३ लाख १७ हजार ३८६ वटा आवेदन परेको छ । आज बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको ३४ लाख ८५ हजार ६७० कित्ता शेयरका लागि आवेदन माग भएको हो । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो।
त्यसैगरी, कम्पनीले कुल निष्काशनको २ प्रतिशत अर्थात २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १ लाख ४१ हजार २५० कित्ता आईपीओ निश्कासन गरेको हो ।कम्पनीले निष्काशन गरेको आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ।











