सिटिजन्स बैंकका ग्राहकले हेरिटेज फ्लोरिङमा छुट पाउने
१२ मंसिर २०८०, मंगलवार ०७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसलन लिमिटेड र काठमाडौंको महादेवस्थानमा रहेको हेरिटेज फ्लोरिङस कार्पेट इन्डस्ट्रिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता गरिएको छ ।
उक्त सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले कम्पनीको उत्पादनमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस प्रकारको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार बढ्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु सञ्चालनमा ल्याउने गरेको छ ।











