नबिल बैंकले पायो ऋणपत्र बिक्री गर्ने अनुमति
१२ मंसिर २०८०, मंगलवार ०९:११

काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डले बैंकलाई प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र बिक्री गर्न मंसिर १० गते बैंकलाई स्वीकृति दिएको हो ।
७ वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । त्यस्तै, बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धकको भूमिका कुमारी क्यापिटलले निभाउनेछ ।











