राष्ट्रिय सहकारी बैंकले तोक्यो नयाँ व्याजदर, बचत र कर्जा कुनमा कति ? (पूरा विवरणसहित)

१२ मंसिर २०८०, मंगलवार १२:३१

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बचत र कर्जा दुबैको व्याजदर परिवर्तन गरेको छ । सहकारी बैंकले मंगलबारदेखि लागू हुने गरी बचत तथा कर्जाको व्याजदर परिवर्तन गरेको हो । साधारण बचतमा शून्य मौज्दातमा पनि ३.५० प्रतिशत व्याज तोकेको राष्ट्रिय सहकारी बैंकले एक हजार मौज्दातमा ४ प्रतिशत व्याजदर कायम गरेको छ ।

नियमित बचतमा न्युनतम मौज्दात एक हजार हुँदा पनि ९.५० प्रतिशत व्याज तोकेको सहकारी बैंकले क्रमिक बचतको ३ वर्षदेखि ५ वर्ष अवधिको व्याज १० प्रतिशत तोकेको छ । मुद्दती निक्षेपमा २ वर्षभन्दा कम अवधिका लागि १० प्रतिशत र २ वर्षदेखि ५ वर्षसम्मलाई १०.२५ प्रतिशत व्याजदर तोकिएको छ ।

यस्तै, कर्जातर्फ ३ महिनादेखि ५ वर्षे कृषि कर्जामा ९ देखि ११ प्रूतिशत व्याजदर तोकेको सहकारी बैंकले टर्म लोन अर्थात् आवधिक कर्जामा १३ प्रतिशत र हायर पर्चेज कर्जामा १२ प्रतिशत व्याजदर तोकेको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई कसिलो व्यवस्था ल्याएकै भोलिपल्ट राष्ट्रिय सहकारी बैंकले व्याजदर परिवर्तन गरेको हो ।

थप विवरणका लागि हेरौँ सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*