सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट
१५ मंसिर २०८०, शुक्रबार ०७:२४

काठमाडौं । सिटिजन्स बैंक काठमाडौं इन्टरनेसनल लिमिटेडका ग्राहकले इन्द्रेणी सुइट होटलमा विशेष छुट पाउने भएका छन् ।
काठमाडौको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटल र सिटिजन्स बैंकबीच ग्राहकलाई विशेष छुट दिने सहमति भएको छ । उक्त सम्झौतापश्चात् बैंकका कार्डवाहकले होटलका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
यस बैंकले १८९ शाखा, १४९ एटीएम र ९७ शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।











