विजय लघुवित्तद्वारा भूकम्प पीडित सदस्यलाई नगद सहयोग

१७ मंसिर २०८०, आईतवार ११:२६

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित आफ्ना सदस्यलाई नगद सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई सहयोग गरेको हो ।

सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल पीडितको घरमै पुगेका थिए । जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिमको आठबिसकोट गाउँपालिकासम्म पुगेर राहत वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताएका छन् ।

भूकम्प प्रभावितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीले एक दिनको तलब गरी करीब ६ लाख रुपैयाँ सहयोग संकलन गरेको थियो । सञ्चालक समिति र कर्मचारीबाट संकलित रकममा नपुगेको रकम संस्थाले हालेर करीब १५ लाख रुपैयाँ सहयोग गरिएको लम्सालले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*