हिमचुली आमा समूह फेदीखोलालाई रिलायन्सको सहयोग

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवमा संस्थातग सामाजिक उत्तरदायित्व अन्तर्गत हिमचुली आमा समूह फेदीखोला स्याङ्जालाई सहयोग गरेको छ । कम्पनीले उक्त समूहलाई किचन सामग्री तथा डस्टबिन वितरणका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको हो ।
पोखरा शाखाका प्रमुख प्रकाश पौडेलको सभापतित्वमा तथा फेदीखोला गा.पा वडा नं. ४ का वडा सदस्य हेमन्त राज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा फाइनान्सका जनसम्पर्क अधिकृत सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
एक कार्यक्रमकोबीच पोखरा शाखाका शाखा प्रबन्धक प्रकाश पौडेलले समूहकी अध्यक्ष शन्ति देवी पौडेललाई उत्त सामाग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा शाखा प्रमुखले फाइनान्सद्धारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।
साथै, उनले निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए ।













