एनआईसीले सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामविक्री गर्दै

१९ मंसिर २०८०, मंगलवार ०९:५३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर लिलामविक्री गर्ने भएको छ । एनआईसीले जारी गरेको बोलपत्र अनुसार सूर्योदय वोमी लघुवित्तको ९७ लाख ३०५ कित्ता शेयर खरिदका लागि संस्थापकहरु अथवा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले प्रस्ताव हाल्न सक्नेछन् ।

नागरिक लगानी कोषको शेयर खरिदका लागि पनि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले बोलपत्र पेश गर्न सक्ने बताइएको छ । लगानीकर्ताले यी दुबै कम्पनीको शेयर खरिदका लागि मंसिर १९ मंगलबारदेखि मंसिर २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने भनिएको छ । सूर्योदय वोमी लघुवित्तको शेयरको न्यूनतम मूल्य १९६ रुपैयाँ तोकिएको छ भने नागरिक लगानी कोषको प्रतिशेयर मूल्य ६८६ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बढाबढमा मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने छ ।

लगानीकर्ताले सूर्योदय वोमी लघुवित्तको न्यूनतम १०० कित्ताका लागि आवेन दिन सकिने छ भने नागरिक लगानी कोषको न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने भनिएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको ट्रेड टावर नेपाल, थापाथलीस्थित कर्पोरेट कार्यालय तथा विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा तोकिएको शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*