सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
२१ मंसिर २०८०, बिहीबार १५:०६

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै नेपाल रिइन्स्योरेन्सको प्रोमोटर शेयर र सिटिजन लाइफको सबैभन्दा बढी शेयर कारोबार भएको छ । त्यस्तै, आज सोनापुर मिनिरल्सको नौ करोड २७ लाख रुपैयाँ, माउण्टेन इनर्जिको आठ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।












