आजै मौद्रिक नीतिको समीक्षा जारी गर्दै राष्ट्र बैंक, सञ्चालक समितिको बैठक जारी, के-केमा होला परिवर्तन ?

२२ मंसिर २०८०, शुक्रबार ०९:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब एक महिना ढिला गरेर चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ ।

राष्ट्र बैंकका अनुसार दिउँसोसम्ममा मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी छ । गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षता गर्ने व्यवस्थापन समितिले समीक्षा पारित गरिसकेको छ । यो समीक्षामार्फत राष्ट्र बैंकले मौद्रिकभन्दा नियामकीय प्रवाधानहरु बढी चलाउने तयारी गरिरहेको बुझिएको छ ।

बैंकको व्याजदर घट्दो क्रममा रहेकाले राष्ट्र बैंकले मुद्रा प्रदाय बढाउने रणनीतिभन्दा पनि नियामकीय प्रावधानले अप्ठेरो पारेको क्षेत्रहरुलाई सरलीकरण गर्न लागेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*