चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२५ मंसिर २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ । कारोबारको अघिल्लो दिन ६ प्रतिशतले बृद्धि भएको शेयर बजार १५ दशमलव ४० अंकले घटेर १९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि ८१ कम्पनीहरुको शेयरमूल्यमा आज बृद्धि भएको छ । जसमा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार बोटलर्स नेपाल, सामुदायिक लघुवित्त, दोल्ती पावर कम्पनी र हाथवे इन्भेष्टमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।














