माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर
२६ मंसिर २०८०, मंगलवार ०९:१०

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको हो।
यस बैंकले सामान्य बचतमा ४.६० प्रतिशतदेखि ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। एलसीवाई कल डिपोजिटमा २.३० प्रतिशत तथा रेमिट्यान्स फिक्स्ड डिपोजिटमा १०.६० प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९.६० तथा संस्थागततर्फ ७.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको छ। बैंकले मुद्दति निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएको हो।











