गुराँस लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

२६ मंसिर २०८०, मंगलवार १०:३८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस १८ गते, भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गाउँपालिका ६ भेडेटार, धनकुटामा सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*