बैंकहरुमा थुप्रिएको तरलताले अन्तरबैंक ब्याजदरमा धक्का, अझै भएन सुधार

२६ मंसिर २०८०, मंगलवार १३:०२

काठमाडौं । बैंकहरुमा थुप्रिएको अधिक तरलताले अन्तरबैंक ब्याजदरलाई अझै थिचेर राखेको छ। राष्ट्र बैंकले ८० अर्ब तान्दासमेत बैंकहरुमा अझै ६३ अर्ब अधिक तरलता थुप्रिएको अवस्था छ। राष्ट्र बैंकले लगातार तरलता खिच्दासमेत अन्तरबैंक ब्याजदर अझै दुई प्रतिशतभन्दा माथि जान नसकेको हो।

राष्ट्रिय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंकिङ करिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतमा झारेको छ। राष्ट्रिय बैंकले अन्तरबैंक ब्याजदरलाई यो सीमाभन्दा माथि लैजान खोजेपनि सकेको छैन्।

मंसिर देखिनै राष्ट्र बैंकले बैंकहरुबाट तरलता लगातार खिचिरहेको छ। राष्ट्रिय बैंकले मंसिर ६ र १२ गते १०–१० अर्ब, १४ गते १५ अर्ब, १७ गते १० अर्ब, २० गते १० अर्ब, २१ र २२ गते २५–२५ अर्ब र २४ गते २० अर्ब रुपैयाँ तरलता खिचेको छ। त्यस्तै, राष्ट्रिय बैंकले गत आइतबार मात्रै निक्षेप संकलन उपकरण जारी गर्र्दै २० अर्बको तरलता खिचेको थियो।

यसरी राष्ट्र बैंकले लगातार तरलता खिच्दापनि बैंकहरुमा अझै तरलता रहेको छ। राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्दापनि सोमबारसम्म बैंकहरुमा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ।

अधिक तरलताले गर्दापनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै नयाँ ब्याजदर प्रकाशित गर्न थालेका छन्। हालसम्म एनआईसी एशिया, कुमारी बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकले ब्याजदर घटाएर सूचना प्रकाशित गरिसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*