गरिमा विकास बैंकले पनि घटायो ब्याजदर

२७ मंसिर २०८०, बुधबार ०७:५५

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि विकास बैकहरुले पनि ब्याजदर घटाउन सुरु गरेका छन्। गरिमा विकास बैंकले आजै (मंसिर २७ गते) देखि लागु हुने गरि ब्याजदर घटाएको हो।

यसअघि साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतममा ६.७५ तथा रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज जारी गरेको सूचना अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतमा ६.४० प्रतिशतसम्म र रेमिट्यान्स बचत खातामा ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

त्यस्तै, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४० र संस्थागततर्फ ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ। यसअघि बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.७५ र संस्थागततर्फ ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो।

यसअघि १०.७५ प्रतिशत ब्याजदर तोकिएको रेमिट्यान्स मुद्दति खातामा आज प्रकाशित गरिएको सूचना अनुसार १०.४० प्रतिशत ब्याजदर तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*