सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौबीच छूट दिने समझदारी

२७ मंसिर २०८०, बुधबार १८:१०

काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने पनि कम्पनीले बताएको छ ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्धेष्यले समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*