महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, कुनमा कति?

काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले आज (मंसिर २८ गते) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
यसअघि साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतममा ६.४० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज जारी गरेको नयाँ ब्याजदर अनुसार भने साधारण बचत खातामा न्यूततम ४.३० प्रतिशतदेखि अधिकतममा ६.३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, बैंकले कल डिपोजिटमा २.१५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३.२८ प्रतिशत ब्याजदर तोकेको छ।
बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९.३० तथा संस्थागत तर्फ ७.३० र रेमिट्यान्स मुद्दतिमा १०.३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकले यसअघि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४०, संस्थागततर्फ ७.४० र रेमिट्यान्स मुद्दतिमा १०.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो।












