हकप्रद निष्कासनको प्रस्तावसहित बुद्धभुमि हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । बुद्धभुमि हाइड्रोपावरले हकप्रद शेयर निष्कासनको प्रस्तावसहित १५ औं साधारण सभा बोलाएको छ। कम्पनीले पुस २० गते शुक्रबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।
कम्पनीले सभामा चुक्ता पूँजीको १५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव अघि सारेको छ। कम्पनीले सभामा हाल कायम पूँजीको संरचना संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने तथा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन्।











