उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने
२८ मंसिर २०८०, बिहीबार ११:२०

काठमाण्डौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंकको स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।











