एक खर्बले बढ्यो कर्जा

२८ मंसिर २०८०, बिहीबार १४:२४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाहित कर्जा झण्डै एक खर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ९९ अर्ब ४० करोड अर्थात् २.१ प्रतिशलले निजी क्षेत्रको कर्जा बढेको हो ।

गएको आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६८ अर्ब ५५ करोड अर्थात् १.५ प्रतिशतले बढेको थियो । कार्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको तुलनामा गैर वित्तीय संस्थागत क्षेत्रतर्फको कर्जा केही कम छ भने व्यक्तिगत तथा घरपरिवार कर्जा वृद्धि भएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*