स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि घटायो ब्याजदर
२९ मंसिर २०८०, शुक्रबार ०८:१८

काठमाडौं । पछिल्लो समय वाणिज्यसहित विकास बैंकहरुले धमाधम ब्याजदर घटाएका छन् । यसैक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ ।
बैंकले शुक्रबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.५६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले ९१ वर्ष माथिको मुद्दति निक्षेपको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।
एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर ५ प्रतिशत तोकिएको छ।यसअघि बैंकले अधिकतम ८.९७ प्रतिशत ब्याजदर तोकेको थियो ।












