कुमारी बैंकले लाभांश वितरण नगर्ने, शेयरधनीहरुको हात खाली
२९ मंसिर २०८०, शुक्रबार १०:४४

काठमाडौं । साता मै दोस्रो पटक निक्षेपको व्याज घटाएको कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई मुनाफा बापतको लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कुमारीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई मुनाफा बापतको लाभांश वितरण नगर्ने भएको हो ।
मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय समेत गरेको छ ।











