मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले बोलायो साधारण सभा
१ पुष २०८०, आईतवार ०९:१३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते, मंगलबार होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजेदेखि सभा बोलाएको हो ।
सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सभामा भाग लिन योग्य हुनेछन् ।











