ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर
१ पुष २०८०, आईतवार ११:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले पुस मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६ र व्यक्तिगततर्फ ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस बैंकले मंसिर महिनामा संस्थागततर्फ ७.६ र व्यक्तिगततर्फ ९.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।












