कृषि विकास बैंकले घटायो ब्याजदर

१ पुष २०८०, आईतवार १२:४४

काठमाडौं । कृषि विकास बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर निकालेको हो।

कृृषि विकास बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यस बैंकले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५१२ प्रतिशत र व्यक्तिगततर्फ ९.५१२ प्रतिशत ब्याजदर कायम गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*